News Griha :: न्यूजगृह
नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं— नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुरु भएको बैठकमा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाबारे पूर्व छलफल हुने बताइएको छ । 

आर्थिक अवस्था जटिल रहेको अवस्थामा कस्ता विषयलाई बजेटमा प्राथमिकता दिने भन्ने बारेमा पार्टीले विज्ञहरूलाई राखेर सुझाव र सल्लाह लिने योजनासहित बैठक बसेको बताइएको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा.प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मा लगायत सांसदहरूको उपस्थिति रहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ११:०१
Weather Update