उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं— आज हुने उपराष्ट्रपति निर्वाचनमा कुन उम्मेदवारलाई मत दिने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।
बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय बसुन्धरामा बस्ने भएको हो । गत फागुन २५ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा रास्वपाले रामचन्द्र पौडेललाई मत दिएको थियो ।
उपराष्ट्रपति चयनका लागि आजै १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट रामसहायप्रसाद यादव, ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९ ०८:१९













