News Griha :: न्यूजगृह
‘जाँडमोह’मा कांग्रेस सांसद बजगाईं, नयाँ संसद् भवनमा ‘बार’ राख्न सभामुखलाई दिए सुझाव

काठमाडौं— नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनभित्र ‘बार’ बनाउनुपर्ने सुझाव दिएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बजगाईंले बनिरहेको संसद् भवनमा 'बार' निर्माण गर्न सुझाव दिएका हुन्। 

उनले भने, 'लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ। त्यसको लिमिटेसन हुन्छ। सम्माननीय सभामुख महोदय अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउँदा सोसियलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहेको।'

सिंहदरबारमा नयाँ संसद् भवन बनिरहेको छ। बजगाईंले त्यही भवनमा रक्सी पिउने ठाउँ बनाउन प्रस्ताव गरेका हुन्। बजगाईंले मदिराको बार खोल्न प्रस्ताव गरेको सिंहदरबार मदिरा र सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र हो। 

उनले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको बताएका थिए।

यसअघि मदिराप्रेमी सांसद बजगाईं झ्याप भएर टेलिभिजनमा अन्तर्वार्ता दिएर विवादमा तानिएका थिए।   
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १८:२४
Weather Update