राप्रपाको चार विभागमा जिम्मेवारी हेरफेर

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केही विभागको जिम्मेवारी हेरफेर गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार चार विभागका प्रमुख हेरफेर गरेका हुन्।
अध्यक्ष लिङदेनले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी आफैसँग राखेका छन्।
संयोजित संगठन समन्वय विभाग प्रमुखमा गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभाग प्रमुखमा धनबहादुर बुढा र युवा विभाग प्रमुखको जिम्मेवारी प्रकाश रिमाललाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ २१:४०