News Griha :: न्यूजगृह
स्वर्णिमको अग्रता कायमै, खनाल ७ तथा भट्टराई ५ हजारले पछि 

तनहुँ— तनहुँमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल झन्डै ७ हजार मतले पछि परेका छन् ।

जिल्ला समन्वय समितिको सभाहलमा जारी १६ हजार ३४२ मतगणना सम्पन्न हुँदा खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले भन्दा झन्डै ७ हजार मतले पछि परेका हुन । 

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार वाग्लेले ९ हजार १९८ मत प्राप्त गरेका छन् । 

यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराई ५ हजार ३ सय ९५ मतले पछि परेका छन । बिहान ११ बजेसम्म भएको मतगणनामा भट्टराईले ३ हजार ८०३ मत मात्रै प्राप्त गरेका छन् ।  
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १०:३३
Weather Update