बाग्लुङ— राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत ४ मङ्सिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन् ।
प्रतिनिधि सभा सदस्य केसीले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार १८ लाख १४ हजार खर्च भएको जनाएका हुन ।
विवरण अनुसार सांसद केसी सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्यालय सञ्चालनमा २ लाख ५० हजार, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार खर्च गरेका छन् ।
यस्तै, उनले प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, विद्युतीय छापा खर्च ४० हजार खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।
यसैगरी, सामाजिक सञ्जाल खर्च १० हजार र विविध खर्चमा १ लाख ३४ हजारसहित १८ लाख १४ हजार खर्चको विवरण आयोगलाई बुझाएको केसीको निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए ।
बागलुङ–१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका उनी सत्तारुढ गठबन्धनका उम्मेदवार थिए ।













