राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौं प्रशासनको आग्रह

काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ।
बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले अशक्त तथा ज्येष्ठ नागरिक लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनलाइन फारममै मिति र समय बाट पालो आउने व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार कार्यलयमा आउन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले विवरण दर्ता गर्न कोठा नम्बर १३५ बाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको जानकारी गराएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ ०९:१०













