News Griha :: न्यूजगृह
चितवनमा सर्वदलीय बैठक सुरु, कांग्रेसको मागमा छलफल हुँदै 

चितवन—  चितवन–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । 

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ ।  यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन ।

प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध परेको उजुरी माथि निर्णय नगरी मतगणनामा नबस्ने नेपाली कांग्रेसको अडानका कारण मतगणना हुन सकेको थिएन ।

सोमबार कांग्रेसको अडानलाई सम्बोधन गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०९:४६
Weather Update