News Griha :: न्यूजगृह
बारा–२ मा केही बेरमा मतगणना 

बारा— बारा–२ को मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएको छ । 

हावाहुरीका कारण आइतबार सर्वदलीय बैठक बस्न सकेन । जारी सर्वदलीय बैठकमा सहमति कायम गरेर मतगणना सुरु गर्ने तयारी छ । 

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिएलगत्तै मत गणना सुरु हुनेछ । 

बारा–२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०९:१९
Weather Update