सन्दीपविरुद्धको मुद्दाको सुनवाइ हुँदै

काठमाडौं— नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको सुनवाइ काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो ।
चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको छ । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।
सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकिरहेको छैन ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० ०८:४४













