News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
शिक्षक दरबन्दीलाई व्यवस्थित बनाउनुपर्छ : पूर्वशिक्षामन्त्री पौडेल

काठमाडौं— नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षालाई सुधार्न नसकेसम्म देश अगाडि बढ्न नसक्ने बताएका छन् ।

फोकस नेपालको दशौँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती’ विषयक विचार गोष्ठीमा उनले  उच्च शिक्षालाई सुधार गर्नुपर्ने बताएका हुन् ।

Prabhu Bank

‘त्रिभुवन विश्वविद्यालयले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्छ, विश्वविद्यालयमा क्यालेण्डर प्रणाली लागु गरे मात्र देशको शिक्षा क्षेत्रले फड्को मार्न सक्छ’, पौडेलले भने ।

उनले देशमा १६ विश्वविद्यालय भएको बताउँदै खोलिएका विश्वविद्यालयलाई विशिष्टीकृत बनाएर अगाडि बढाए देशको शिक्षा क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गरे ।

कक्षा ११ र १२ पढाउने शिक्षकको अभाव देशमा भएको उनको भनाइ थियो । उनले शिक्षण सिकाइमा सुधार, शिक्षकको दरबन्दीलाई व्यवस्थित र भौतिक पूर्वाधारमा सुधार गर्नसके देशको शिक्षा क्षेत्र अगाडि बढ्ने बताए ।

शिक्षक सेवा आयोगलाई पनि सक्रिय बनाउनुपर्ने उनले बताए ।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समृद्ध राष्ट्र निर्माणका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको धारणा राखे ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सामाजिक क्षेत्रमा क्रियाशील फोकस नेपालले ‘समृद्धिका लागि सामाजिक अभियान’ लाई अगाडि बढाएको बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०८:००
sagarmatha cementsagarmatha cement
Weather Update