News Griha :: न्यूजगृह
तीन संसदीय समितिको बैठक बस्दै, मिडिया काउन्सिल विधेयकबारे छलफल हुने

काठमाडौं— संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको तीन संसदीय समिति बैठक बिहीबार बस्दैछ। संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।

बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची समितिको छ।  

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि मध्यान्ह सवा १२ बजे बस्दै छ। समितिकै सभाहलमा बस्ने बैठकमा जाजरकोट लगायतका भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवं अनुगमन कार्यक्रमको समीक्षा गरिने समिति सचिवालयले जनाएको छ।

विधायन व्यवस्थापन समितिको बैठक पनि दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ। समितिले मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवाला निकायसँग छलफल गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०९:२६
Weather Update