तनहुँ–१ मा स्वर्णिमको अग्रता कायमै, एमाले तेस्रो स्थानमा

काठमाडौं— तनहुँ–१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्लेको अग्रता निरन्तर कायम छ ।
यो समाचार तयार गर्दासम्म वाग्लेले ५९०० मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले २६८७ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । खनालले १६५७ मत ल्याएका छन् ।
मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार ६ वडाको अन्तिम मतपरिणाम आएको छ । आँबुखैरेनी–१,आँबुखैरेनी–२, भानु–१०, भानु–८,भानु–३, भानु–७ र को नौ हजार दुई सय ५७ मतगणना सकिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० ०७:४२













