News Griha :: न्यूजगृह
चितवनमा सर्वदलीय बैठक बस्दै

चितवन— चितवन–२ को मतगणना सुरु गराउन सर्वदलीय बैठक बोलाइएको छ ।

आचारसंहिता उल्लंघनको विषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि आइतबार नै सुरु हुनुपर्ने मतगणना हुन सकेको थिएन ।

निर्वाचन अधिकृत ईश्वर आचार्यले सोमबार बिहान सर्वदलीय बैठक बोलाएर सहमतिमा मतगणना सुरु गरिने सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०७:३१
Weather Update