News Griha :: न्यूजगृह
नेसपा अध्यक्ष डा.भट्टराईले भने– संविधानरूपी घरमा नयाँ पुस्ताले तला थप्दै जानुपर्छ

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानरूपी घरमा नयाँ पुस्ताले तला, कोठा थप गर्दै जानुपर्ने बताएका छन् ।

लोकतन्त्र दिवसका अवसरमा सोमबार बिहान ट्वीट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले नयाँ पुस्ताले संविधानरूपी घरमा तला थप गर्दै जानुपर्ने बताएका हुन् ।

‘हाम्रो पुस्ताले ठूलो सुझबुझ र त्यागको बलमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रका बलिया पिलर सहितको संविधानरूपी घर संविधान सभामार्फत निर्माण गरेको छ,’डा.भट्टराईले भने,‘यसमा नपुगेका तला/कोठा थप्ने र सुशासन÷समृद्धिको फर्निसिंङ्ग गर्ने काम नयाँ पुस्ताले गर्दै जानु छ । अतः एकअर्काको सम्मान गरौं ।’ 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०७:१६
Weather Update