News Griha :: न्यूजगृह
तनहुँ–१ मतगणना अपडेट : कति मत गनियो, कसले कति ल्याए ? 

काठमाडौं— तनहुँ–१ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता कायम राखेका छन् ।

९२५७ मतगणना गर्दा वाग्लेले ५०१९ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले २३५१ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । खनालले १५४९मत ल्याएका छन् ।

तनहुँमा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०६:३२
Weather Update