
काठमाडौं— नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा पार्टी निकट युवा संघ नेपालमा विवाद चर्किएको छ।
संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सहसंयोजक नितेश पौडेल, कार्यालय सदस्य रोशन थापा र फुर्वा लामालाई संगठनको जिम्मेवारीबाट निष्कासन गरिएको जनाएको छ।
उनीहरूले पार्टीको समूहले विधि, विधान र पद्धतिभन्दा बाहिर गएर अराजक गतिविधि फैलाएको आरोप लगाइएको छ। पार्टीले गत भदौ दोस्रो साता संघ अध्यक्षबाट नरेश शाहीलाई बिदा गर्दै कृष्ण विकलाई संयोजक तोकेको थियो।
तर, पौडेल समूहले शनिबार काठमाडौंमा राष्ट्रिय भेला गरेर नेतृत्व तोकेका थिए। भेलाबाट पौडेल समूहका संयोजक नितेश पौडेल र सहसंयोजकको जिम्मेवारी फुर्वा लामाले पाएका थिए।
सहसंयोजक पौडेलले समानान्तर कमिटी घोषणा गर्नु संगठनमा व्यक्तिवाद प्रकट भएको युवा संघले जनाएको छ।संयोजक विक झलनाथ खनालनिकट हुन् भने सहसंयोजक पौडेल माधवकुमार नेपालका भान्जा हुन्।