तनहुँ–१ मा स्वर्णिमको अग्रता, मत कति ?

काठमाडौं— तनहुँ–१ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा सोमबार बिहान ५ बजेसम्मको मतगणनाको नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले अग्रता कायम गरेका छन् ।
वाग्ले निकटतम् प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अगाडि छन् । उनले ३४२२ मत पाएका छन् ।
उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १५९७ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका सर्वेन्द्र खनाल भने तेस्रो स्थानमा छन् ।
खनालले १०९० मत ल्याएका छन् । तनहुँमा उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० ०५:४०













