News Griha :: न्यूजगृह
उपेन्द्रको नजरमा नेपालका दलहरुः के छ राजनीतिक प्रतिवेदनमा?  [पूर्णपाठ] 
फाइल तस्बिर

काठमाडौं— उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन धनुषाको जनकपुरमा जारी छ। 

जारी महाधिवेशनमा अध्यक्ष यादवले ३१ पानाको राजनीतिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालका मुख्य नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरुको विश्लेषण गरेका छन्। 

उनले नेपाली कांग्रेसलाई ‘उदार लोकतान्त्रिक’ धारलाई अंगालेको पार्टी भएको विश्लेषण गरेका छन्। सन् १९९० को दशकको नवउदारवादको विश्वव्यापी लहरका बेला कांग्रेसलार्ई प्रजातान्त्रिक समाजवादको अवधारणा बाहिर ल्याउन सजिलो भएको उल्लेख गरेका छन्। त्यस्तै हिजो ०६२–०६३ सालको जनआन्दोलनमा कांग्रेस संवैधानिक राजतन्त्रको पक्षमा रहे पनि पछि अन्य दलको करकापमा कांग्रेस पनि गणतन्त्रको बाटोमा आएको जिकिर गरेका छन्। साथै आफूहरु धर्मनिरीपेक्षताको पक्षमा रहे पनि कांग्रेसका कैयौँ नेताहरु अझै पनि धर्मनिरीपेक्षताको विपक्षमा अर्थात् हिन्दूराष्ट्रको पक्षमा रहेको जिकिर गरेका छन्। उनले कांग्रेस नेतृत्वको सरकारका पालामा लाउडा, धमीजा, सुडान घोटला लगायत ठूलाठूला काण्डहरुमा मुछिए पनि त्यसको निष्पक्ष छानबिन कहिल्यै नभएको बताएका छन्।  

त्यस्तै नेकपा एमालेले सन् १९९० को दशकमा सोभियत संघको पतनपछि ‘जनताको बहुदलीय जनवाद’ को बाटो छाडेर परम्परागत संसदीय प्रणालीको बाटो समातेको उल्लेख गरेका छन्। उनले ‘एकैसाथ संसदवादी’ र कम्युनिष्ट बन्ने अन्तरविरोधपूर्ण बाटोतर्फ एमाले अग्रसर भएको टिप्पणी गरेका छन्।  त्यस्तै पार्टीको स्थापनाकालीन मान्यता, शिद्धान्त र उदेश्यहरु विश्वव्यापी रुपमा असफल भएपछि नेपाली कम्युनिष्ट आन्दोलन कुहिरोको काग जस्तै भएको भन्दै कटाक्ष गरेका छन्। 

यता नेकपा माओवादी केन्द्रको विश्लेषणमा उनले १० वर्षे सशस्त्र क्रान्तीका बेला समातेको बाटो छाडेर उदारवादी लोकतन्त्रको बाटोमा लागेको टिप्पणी गरेका छन्।  पछिल्लो समय माओवादी केन्द्र विकृती र विसंगतीको केन्द्रको रुपमा स्थापित हुँदै गइरहेको उल्लेख गरेका छन्। 

हेर्नुहोस् यादवले पेस गरेको राजनीतिक प्रतिवेदन:

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:०१
Weather Update