News Griha :: न्यूजगृह
वैदेशिक रोजगारीमा पठाउने भन्दै १५ करोड ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं— वैदेशिक रोजगारीमा पठाउने भन्दै ३०० भन्दा बढीलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। 

मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीन जनालाई सार्वजनिक गरेको हो। 

जसमा कास्कीका पवन पन्त र नविन विकसहित चितवनका राजकुमार भट्ट रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार पक्राउ परेकाहरुले विगत ३–४ वर्षदेखि ३०० भन्दा बढी व्यक्तिहरुबाट करोडौँ ठगी गरेको खुलेको हो।  

कार्यालयका अनुसार उनीहरुले ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेका हुन्।  

विभिन्न सामाजिक सञ्जालका माध्यमहरु फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेका थिए। 

प्रहरीका अनुसार उनीहरुले पीडित पक्षबाट विभिन्न व्यक्तिको खातामा रकम जम्मा गर्न लगाइ फेरि उक्त जम्मा भएको रकमहरु चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका व्यक्तिलाई दिन लगाउने गरेको अनुसन्धानबाट खुलेको छ।  

उनीहरुविरुद्ध देशका विभिन्न स्थानका १५ जनाले उजुरी दिएको थिए। सो आधारमा पक्राउ परेका उनीहरुलाई प्रहरीले कारबाहीको प्रक्रिया अघि बढाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १३:१५
Weather Update