News Griha :: न्यूजगृह
अझै केही दिन गर्मी बढ्ने, तराईमा ‘लू’ को चेतावनी 
फाइल तस्बिर

काठमाडौं— आगामी केही दिनमा देशका विभिन्न स्थानमा गर्मी बढ्ने देखिएको छ। 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो कुरा जानकारी गराएको हो।

महाशाखाका अनुसार आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरुमा अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आजबाट बिहीबारसम्म ती स्थानहरुमा तातो हावाको लहर ‘लू’ को सम्भावना रहेको भन्दै त्यसबाट बच्नका लागि आग्रह गरेको हो।  

तातो हावा तथा तातो हावाको लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउका दुख्ने, हात बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, मांसपेशीहरु दुख्ने, बान्ता हुने आदी समस्याहरु देखिने गर्दछन्।  

त्यस्तै तातो हावा तथा त्यसको लहरबाट बच्न गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, बाहिर निस्कदा टाउको छोप्ने तथा टोली लगाउने, पानी तथा झोलिँदो पदार्थ समयसमयमा पिउने र स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मीहरुकोमा जानका लागि महाशाखाले सुझाव दिएको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरुमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १२:४२
Weather Update