
काठमाडौं— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका मुख्यमन्त्री पाण्डेले २ मन्त्री थपेका हुन्।
जसअनुसार नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र प्रदेश सभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) ले मन्त्रीमा नियुक्त भएका हुन्। नवनियुक्त दुवै मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण समेत गरेका छन्।
उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री बनेका हुन् ।
योसँगै गण्डकीको मन्त्रिपरिषद् ५ सदस्यीय बनेको छ।
मन्त्री बनेका देवकोटाले 'फ्लोर क्रस' गरेर मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए। उनलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएको भन्दै माओवादीको ह्वीप उल्लंघन गरेको भन्दै कारबाहीको समेत चेतावनी दिएको छ।