चितवनमा आजै रातिबाट मतगणना गर्ने तयारी

चितवन— आज रातिबाट नै मतगणना गर्ने तयारी गरिएको छ । राजनीतिक दलहरूबीच सहमति जुटे रातिबाट नै मतगणना गर्ने सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिएका छन् ।
मतगणना चितवन उद्योग संघको परिसरस्थित औद्योगिक प्रदर्शनीमा हुँदै छ । मतदानस्थलबाट यहाँसम्म मतपेटिका ल्याउन ५ घण्टासम्म लाग्ने आचार्यले जानकारी दिए ।
उनको भनाइमा राति ११ बजेभित्र सबै स्थानबाट मतपेटिका आइपुग्छन् । चितवन–२ मा भरतपुर महानगरपालिकाका १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछन् ।
चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० २१:३२













