News Griha :: न्यूजगृह
देवघाटको मतपत्र पुगेपछि तनहुँ–१ को मतगणना सुरु गरिने
फाइल तस्बिर

तनहुँ– तनहुँ क्षेत्र नम्बर १ को मतगणना आज आइतबारबाट सुरु गरिने भएको छ । चुनाव सकिएलगत्तै मतपत्र सदरमुकाम ल्याउने प्रक्रिया सुरु गरिएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताए ।

तनहुँ–१ को देवघाट गाउँपालिकाको मतपत्र ल्याउन केही समय लाग्ने उनले बताए । त्यहाँबाट मतपत्र आउनासाथ सर्वदलीय बैठक बसी गणनाको काम थालिने जानकारी उनकाे भनाइ छ ।

मतगणना तनहुँको जिल्ला समन्वय समितिको हलमा हुनेछ । यस क्षेत्रमा ६३ हजार ७५७ मत खसेको छ । यो कुल मतदाताको ५१ प्रतिशत हो । 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  २०:५८
Weather Update