-1718012995.jpg)
काठमाडौैं— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेश सभाबाट विश्वासको मत मागेका छन्।
आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत मागेका हुन्।
पाण्डेले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गत जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
केन्द्रमा आएको केन्द्रीय गठबन्धनको फेरबदलपछि सत्ताबाट बाहिरिएका पाण्डे सर्वोच्चको परमादेशअनुसार पुनः मुख्यमन्त्रीमा पाण्डे नियुक्त भएका थिए।
यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत मत अवैधानिक रहेको ठहरसहित अधिकारीलाई सर्वोच्चले पाण्डेलाई मुख्यमन्त्री नियुक्त बनाउन आदेश दिएको थियो।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक पर्दछ। प्रदेश सभामा कांग्रेसबाट २७, एमालेबाट २२, माओवादीबाट ८ (सभामुखसहित), राप्रपाबाट २ र एक स्वतन्त्र सांसद रहेका छन्।
मुख्यमन्त्री पाण्डेको पक्षमा उनको दल नेपाली कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) र माओवादीको चुनाव चिह्नबाट गोरखाबाट निर्वाचित नेपाल समाजवादीका फणिन्द्र देवकोटा रहेका छन्।
मुख्यमन्त्री पाण्डेले यसअघि आफूले ११ महिना सरकार चलाएको स्मरण गराउँदै आफू नेतृत्वको सरकारले गरेका कामहरुबारे उल्लेख गरेका छन्।