News Griha :: न्यूजगृह
गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ सकियो
फाइल तस्बिर

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिटमा सुनुवाइ सकिएको छ। 

सोमबार सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै फैसलाको तयारी गरिएको छ।

अधिवक्ता अनुपम भट्टराईले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएको भन्दै त्यसको छानबिनका लागि गृहमन्त्रीले पद त्याग नगर्दा अनुसन्धानमा असर पर्ने भन्दै उनको पदमुक्त हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। साथै गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणको कुनै पनि उजुरी नपरेको र अनुसन्धान गर्न नपर्ने भन्दै महान्यायाधिवक्ता कार्यालय पत्र सार्वजनिक गरेको थियो। 

अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछानेसहित महान्यायाधिवक्ता कार्यालयलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा यसअघि गत जेठ २० गते सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि बोलाएको थियो। 

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गरेर परेको रिटमा कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाएको हो। 

आज दुवै पक्षले सर्वोच्चमा बहस गरेसँगै अन्तिम फैसलाको तयारी गरिएको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:४४
Weather Update