News Griha :: न्यूजगृह
आयोगले भन्यो– मतपेटिका राति ११ बजेभित्र मतगणनास्थल पुर्‍याइन्छ

काठमाडौं– निर्वाचन आयोगले उपनिर्वाचनको मतपेटिका आइतबार बेलुकी ११ बजेभित्र मतगणनास्थल पुर्‍याइने बताएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ११ बजेभित्र तीन वटै क्षेत्रका मतपेटिका मतगणनास्थल पुर्‍याउने तयारी रहेको जानकारी दिए ।

आयोगले आफ्नो इ–बुलेटिनमा उल्लेख गरेअनुसार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा समग्रमा करिब ६० प्रतिशत मतदान भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १९:४४
Weather Update