News Griha :: न्यूजगृह
उपनिर्वाचन सम्पन्न भएकोमा देउवाले दिए धन्यवाद

काठमाडौं— चितवन–२, तनहुँ–१ र बारा–२ मा  प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धन्यवाद दिएका छन् ।

आइतबार वक्तव्य जारी गर्दै देउवाले उपनिर्वाचन शान्तिपूर्ण, भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न गरेकोमा सबैलाई धन्यवाद दिएका हुन् ।

मतदानमा भएको उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको देउवाले वक्तव्यमा उल्लेख गरेका छन् । 

nc1682256036.jpg

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १९:०५
Weather Update