News Griha :: न्यूजगृह
रविविरुद्ध आचारसंहिता उल्लंघन उजुरी

चितवन— नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी गरेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुव्र पोखरेलले लामिछाने र चितवनका प्रजिअविरुद्ध उजुरी दिएका हुन् ।

निर्वाचन प्रक्रिया सुरु भएपछि सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट लामिछानेले मत मागेको, विभिन्न मतदान केन्द्रमा गएर लामिछानेले हुलहुज्जत गरेको, प्रजिअको निर्देशनमा एकपक्षीय लाठी चार्ज गरेर भयभित बनाएको, नयाँकिरण मावि भोजाडस्थितत मतदानस्थलमा असहजस्थितित बनाएको उजुरी गरिएको कांग्रेसले जनाएको छ ।

rabi lamichhane-nc1682255693.jpg

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १८:५९
Weather Update