चितवनमा ६० प्रतिशत मतदान

चितवन— आइतबार सम्पन्न उपनिर्वाचनमा चितवन–२ मा ६० प्रतिशत मत खसेको छ ।
चितवन–२ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यको भनाइमा ६० प्रतिशत हाराहारीमा मत खसेको अनुमान छ ।
उक्त क्षेत्रमा कुल १ लाख २४ हजार ६९५ मतदाता छन् । ४ मंसिरमा सम्पन्न निर्वाचनमा चितवन–२ मा ८४ हजार मत खसेको थियो ।
मतपेटिका संकलपछि सर्वदलीय बैठक बसेर गणनाबारे निर्णय गरिने आचार्यले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० १८:११













