News Griha :: न्यूजगृह
२४ घण्टामा ८१ जना काेराेना संक्रमित

काठमाडौं— पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१ हजार ३ सय ६ जनाको नमुना परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ५४ जना संक्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या  ३  सय ७० जना पुगेको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये २२ जना संस्थागत आइसोलेशन, तीन जना सघन उपचार कक्ष (आईसीयू) मा र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १७:५३
Weather Update