News Griha :: न्यूजगृह
देशलाई नयाँ आशा दिनेगरी बजेट ल्याउँछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई नयाँ आशा र विश्वास दिनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन् । 

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एकीकृत समाजवादीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री दाहालले अहिले आफूहरू सरकारको नीति, कार्यक्रम र बजेट निर्माणको छलफलमा घनिभूत ढङ्गले लागिपरेको उल्लेख गर्दै त्यसले देश र जनतालाई नयाँ आशा र भरोसा दिने दाबीसमेत गरे । 

उनले आफूले छिट्टै भारत भ्रमण गर्ने भएकाले त्यसको राम्रो तयारी पनि गरिरहेको बताए । ‘अहिलेनै फेरि विदेश भ्रमणको पनि प्रक्रिया सुरु हुँदैछ,’ उनले भने, ‘त्यसको पनि राम्रो तयारी गरेर जानुछ ।’

प्रधानमन्त्री दाहालले देश र जनताको हितमा काम गर्न देशभक्त, क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर जानुको विकल्प नरहेको पनि बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १६:५६
Weather Update