News Griha :: न्यूजगृह
यी प्रदेशमा वर्षा, बाँकी प्रदेशको मौसम कस्तो रहला ?

काठमाडौं— हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार पश्चिमी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पहाडी तथा तराईका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । वर्षाको क्रम आइतबारसम्मै जारी रहने महाशाखाको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०६:४७
Weather Update