८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४४ वर्षका पुरुष पक्राउ

दाङ— ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीय दिननाथ छन्।
प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।
दिननाथले ती बालिकालाई ग्रिल उद्योगमा सोमबार बेलुकी मोबाइल देखाउने बहानामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ २१:०७













