निर्वाचन बिथोल्न खोज्ने ६ जना पक्राउ

बारा— निर्वाचन बिथोल्न खोज्ने ६ जना पक्राउ परेका छन् ।
उनीहरू देवताल गाउँपालिका– ७ पीपरपाती बुथ केन्द्रबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रौतहटको बौधीमाई गाउँपालिका– ४ का ४७ वर्षीय वृजकिशोरप्रसाद यादव, वृन्दावन नगरपालिका– १ का ४२ वर्षीय दयाराम राउत, सोही नगरपालिका– ४ का ३५ वर्षीय उमेश यादव, प्रसौनी गाउँपालिका– ४ निवासी ३८ वर्षीय मङ्गलप्रसाद साह र देवताल गाउँपालिका– ७ निवासी ६२ वर्षीय रामसागर यादव छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० १४:२१













