
पोखरा— राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीको तदर्थ भेलाले स्वपन भुजेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
२७ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा राजेश पोखरेल र सन्तोष कार्की, सचिवमा अंकित गुरुङ, कोषाध्यक्षमा धनजित गुरुङ, सह–सचिवमा सुजन उचाई ठकुरी, सह–कोषाध्यक्षमा जोशी चयन भएका छन् । त्यस्तै, सदस्यमा मिन श्रेष्ठ, अभिषेक पुन, सन्तोष क्षेत्री, मनिष ओष्ठ, सविन परियार, विश्वास त्रिपाठी, विक्रम लामा, दर्शन थापा, सवित गुरुङ लगाएत चयन भएका छन् ।
अध्यक्ष निर्वाचित भएपछि भुजेलले आफू कास्कीका युवाहरुमाझ राप्रपाको विचार र एजेण्डालाई लिएर जाने प्रतिबद्धता जनाए । उनले राष्ट्रवादी युवाहरूलाई संगठित गरी पार्टीको हितमा काम गर्ने आफ्नो योजना रहेको सुनाए ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको पोखरा महानगरस्तरिय भेलाबाट रामप्रसाद पौडेल अध्यक्ष चयन भएका छन् । ९ सदस्यीय नगर समितिको उपाध्यक्ष उपाध्यक्षमा श्यामबहादुर कुँवर, सचिवमा रामसिंह कार्की र कोषाध्यक्षमा गणेश मिश्र चयन भएका छन् । त्यस्तै समितिका सदस्यहरूमा धनबहादुर केसी, फक्तबहादुर घर्ती मगर, अमल्दार कृष्ण प्रसाद आचार्य, हवल्दार सन्त बहादुर खत्री र सिपाही बल बहादुर केसी चयन भएका छन् ।
साथै भेलाले कास्की जिल्ला अन्तरगत भूतपूर्व सैनिक संगठन रुपा गाउँपालिका संयोजकमा गणकार्य राजेन्द्र सुवेदीलाई चयन गरको छ ।













