News Griha :: न्यूजगृह
उपेन्द्र यादवको रिटको पेसी न्यायाधीशद्वय रेग्मी र श्रेष्ठको इजलासमा, सुनुवाइको सम्भावना भने न्यून

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ।उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलास पेसी तोकिएको छ। रिट सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइको सम्भावना भने ज्यादै न्यून छ।

३१औं नम्बरमा पेसी परेको हुँदा सुनुवाइको सम्भावना ज्यादै न्यून बनेको हो। यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारवाहीहरू जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफलका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो।

निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई अधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन्।

जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन्। अशोक राईसँग ७ जना सांसद छन्। अहिले सरकार छाडेलगत्तै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन्।

उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका छन्। रिटमा यादवले आयोगको निर्णयलाई खारेज गर्न माग गरेका छन्।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ११:४१
Weather Update