News Griha :: न्यूजगृह

काठमाडौं— इलाममा खोलाले जीप बगाउँदा दुई जनाको मृत्यु भएको छ। चुलाचुली गाउँपालिका–५ मा रतुवा खोलाले जीप बगाउँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

इलामको लारुम्बाबाट दमक जाँदै गरेको बोलेरो जीपलाई रतुवा खोलाले बगाएको हो। 

जीपमा सवार २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले बताए। भेटिएको शव एक जना बच्चा र एक जना महिलाको रहेको प्रहरीले जानकारी दिएको छ।

जीपमा ६ जना सवार रहेको प्रारम्भिक जानकारी आएको पनि एसपी ढकालले बताए। 

उनका अनुसार चार जनाको भने उद्धार भइसकेको छ। एक जना महिलालाई अस्पताल लगिएको छ। जीप खोलामै रहेको र अहिले प्रहरीले जीप बाहिर निकाल्ने प्रयास गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १९:५९
Weather Update