News Griha :: न्यूजगृह
लुम्बिनीको मन्त्रिपरिषद् विस्तार, केसी बनिन् उर्जा मन्त्री 

काठमाडौं— लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ। 

मुख्यमन्त्री जोखबहादुर महराले सोमबार प्रदेशको १२औँ मन्त्रीका रुपमा कृष्णा केसीलाई नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। 

मुख्यमन्त्री महराले केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त गरेका हुन्।

गत निर्वाचनमा केसी नेकपा माओवादी केन्द्रबाट बाँके निर्वाचन क्षेत्र नं १ को (१) बाट निर्वाचित भएकी थिइन्।

यसअघि १० वटा मन्त्रालय रहेकामा भागबण्डा मिलाउन सरकारले मन्त्रालय संख्या १२ पुर्‍याएको थियो। 

महरा गत चैत १२ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले भागबण्डा मिलाउनका लागि उर्र्जा मन्त्रालय आफैँसँग राखेका थिए। 

नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १८:११
Weather Update