देउवासँगको भेटपछि पुनः प्रचण्ड, ओली र माधव नेपालबीच छलफल
-1717153628.jpg)
काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
सोमबार अपरान्ह नेताहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो।
आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड, ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको थियो। त्यसको लगत्तै पुनः तीन नेताको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
सिंहदबारमा पछिल्लो राजनीतिक घटनाक्रमसहित गठबन्धनलाई स्थायित्व दिनेबारेमा छलफल भएको बताइएको छ।
त्यसो त आजै पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ १७:२०