News Griha :: न्यूजगृह
सिक्री चोरेर भाग्ने महिलासहित चोरीमा संलग्न ३ जना पक्राउ 

काठमाडौं—सुनको सिक्री चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। 

पक्राउ पर्नेहरुमा गोरखा घर भइ हाल काठमाडौंको कपुराधारा बस्ने उषा विष्ट, सर्लाही घर भइ हाल लोलाङ (तारकेश्वर) बस्ने रामहरि खड्का र सर्लाही घर भइ हाल चाबहिल बस्ने हरिशंकर चौधरी रहेका छन्।  

पक्राउ परेकी विष्टले गत वैशाख ३० गते सुन्धाराबाट कबिराज नेपालीको घाँटीमा लगाएको सुनको सिक्री चोरी गरी फरार रहेकी थिइन्। उनीहरु दुवै जना ट्याक्सीमा सवार रहेको अवस्थामा विष्टले सुनको सिक्री चोरी गरी फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। 

उक्त घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले गत जेठ १८ गते उषालाई काठमाडौंको माछापोखरीमा फेला परेको थियो। उनले उक्त सिक्री रामहरि मार्फत हरिशंकरलाई बेचिसकेको बताएकी थिइन्। 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामहरिलाई गत जेठ १९ गते नयाँ बसपार्क र हरिशंकरलाई सोही दिन चाबहिल गणेस्थानबाट पक्राउ गरेको थियो। अधिकारीका अनुसार पक्राउ परेका चौधरीको साथबाट उषाले चोरेर बेचेको उक्त सिक्री समेत बरामद गरेको थियो। 

चोरी तथा डाँका कसुर मुद्दामा उषा विष्टलाई ५ दिन, खड्का र चौधरीलाई ४÷४ दिन जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको अधिकारीले बताए। 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १२:१९
Weather Update