उपनिर्वाचन
किरियापुत्रीले गरे मतदान

चितवन— चितवन २ मा आइतबार भइरहेको उपनिर्वाचनमा एक जना किरियापुत्रीले मतदान गरेका छन् ।
भरतपुर १२ मोहन माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर किरियापुत्री विष्णु पौडेल (छिमेकी)ले मतदान गरेका हुन् ।
उनी नेपाल पत्रकार महासङ्घ चितवनका पूर्व अध्यक्षसमेत हुन् ।
आइतबार चितवन २ सँगै, बारा २ र तनहुँ १ मा पनि मतदान भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० ११:२१













