खलिस्तानी नेता अमृतपाल सिंह भारतबाट पक्राउ

नयाँ दिल्ली— खलिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको छ । मोगा पुलिसले रोडेवाल गुरुद्वारबाट अमृतपाललाई पक्राउ गरेको हो ।
पञ्जाब प्रहरीले ट्विटमार्फत सिंहलाई पक्राउ गरेको जानकारी गराएको हो । पक्राउ परेका उनलाई अमृतसर हुँदै असमको डिब्रुगढ जेलमा पठाइएको छ ।
‘अमृतपाल सिंह पञ्जावको मोगाबाट गिरफ्तारमा परेका छन्, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाइयोस्’, पञ्जाव प्रहरीले भनेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० ०९:३१













