जनमतका अध्यक्ष डा.राउतले भने– बारामा जसपाले बुथकब्जा गर्यो

बारा— जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले उपनिर्वाचनअन्तर्गत बाराका दुई वटा बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको बताएका छन् ।
आइतबार बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी पार्टी, नेपालले दुई वटा स्थानमा बुथकब्जा गरेको बताएका हुन् ।
‘पचरौता नगरपालिका बेलडाडीमा हाम्रा प्रतिनिधिलाई छिर्न दिइएको छैन । त्यस्तो अवस्था देबताल झिपकैया बुथमा पनि देखिएको छ,’ राउतले सञ्चारकर्मीसँग भने, ‘मैले हिजोदेखि नै जसपाले बुथकब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको थिएँ तर अहिलेसम्म हाम्रो कुराको सुनवाई भएको छैन ।’
प्रहरी प्रशासनको मिलेमतोमा नै जसपाले बुथकब्जा गरेको राउतको भनाइ छ । बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार रहेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० ०९:०७













