News Griha :: न्यूजगृह
तनहुँमा स्वर्णिम र सर्वेन्द्रले मतदान गर्न नपाउने

तनहुँ— तनहुँ–१ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन जारी छ । रास्वपाका डा.स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका सर्वेन्द्र खनाललगायत उम्मेदवार छन् ।

नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

नेकपा एमालेका उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनीहरूले मतदान गर्न पाउने छैनन् ।

तनहुँ–१ मा राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारलगायत अन्य उम्मेदवार छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०८:३४
Weather Update