बारामा उम्मेदवार यादव र खरेलले मतदान गर्न नपाउने

बारा– बारा–२ मा जारी उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धीमध्ये दुई जनाले भने मतदान गर्न नपाउने भएका छन् ।
जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन् ।
जसपाका यादवको मोरङमा मतदाता नामावली रहेको छ भने खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन् ।
तर नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्दैछन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० ०८:२२













