भीमफेदीमा कार दुर्घटना, बालिकासहित २ जनाको मृत्यु, तीन घाइते

काठमाडौं— मकवानपुरको भीमफेदीस्थित जुरिखेतमा कार दुर्घटना हुँदा एक बालिकासहित २ जनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते छन्।
भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौँडा जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
कार सडकबाट करिब २५० मिटर तल खस्दा एक बालिका र एक पुरुषको मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
उनका अनुसार मृतक र घाइतेको परिचय खुलिसकेको छैन। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ १९:२०













