News Griha :: न्यूजगृह
अत्यधिक गर्मी बढेपछि जनकपुरमा पाँच दिन विद्यालय बन्द

धनुषा— अत्यधिक गर्मी बढेसँगै विद्यार्थीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिएपछि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र पर्ने विद्यालय पाँच दिनका लागि बन्द गरेको छ।

जनकपुरधाम उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै जेठ १७ गते बिहीबारदेखि २१ सोमबारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले बताए।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले दिनदिनै बढिरहेको अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मद्देनजर गर्दै पाँच दिन नगरभित्रका सबै विद्यालयमा बिदा दिइएको जानकारी दिए। 

विगत केही दिनदेखि तराई मधेसका जिल्लामा दिउँसोको तापक्रम ४३ डिग्रीसम्म पुगेर लू चलेको छ। चर्को घामसँगै तातो हावा चलेपछि जनजीवन प्रभावित भएको छ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १९:०९
Weather Update