News Griha :: न्यूजगृह
३ लाख ५३ हजार २४८ मतदाता, ६५ उम्मेदवार

काठमाडौं— चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको तयारी पूरा भएको छ ।

आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ । निर्वाचन हुने क्षेत्रमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तीन निर्वाचन क्षेत्रमा ६५ उम्मेदवार मैदानमा छन्  ।

३ लाख ५३ हजार २४८ मतदाताका लागि एक सय ९४ मतदानस्थल र चार सय २७ मतदान केन्द व्यवस्थापन गरिएको छ ।

उपनिर्वाचन पर्यवेक्षणका लागि ६ संस्थाले अनुमति पाएका छन्  । अनुमति पाउनेमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्वन्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन्  ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०६:४७
Weather Update