News Griha :: न्यूजगृह
वीरगञ्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
प्रतीकात्मक तस्बिर।

पर्सा— वीरगञ्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ।

वीरगञ्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहाँ मैनपुर गाउँपालिका-१ की १५ वर्षीया प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो।

अपरिचितले बालिका माथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। बालिका यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने अज्ञात व्यक्ति त्यहाँबाट भागेका थिए। छुरा प्रहार गर्ने मानिसलाई आफूले नचिनेको पीडितले बताएकी छन्।

यादवमाथि कसले छुरा प्रहार गरेको खुलिनसकेको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट सख्त घाइते यादवको वीरगञ्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे अनुसन्धान तथा आक्रमणमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०९:४६
Weather Update